विराटनगरमा पानीको भेलले बगाउँदा महिलाको मृत्यु

सोमबार, २० असोज २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ मा पानीको भेलले बगाउँदा एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ करिब ४ बजेर १० मिनेटको समयमा सुगरमिल नजिक रहेको कल्भर्टको खाल्डोमा डुबेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक भारतकी नागरिक ३५ वर्षीया अनिता राउत रहेको प्रहरीले पुष्टि गरेको छ। उनी हाल विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी थिइन्। अबिरल वर्षाका कारण बनेको पानीको भेलले राउतलाई बगाएर खाल्डोमा पुर्‍याएको बताइएको छ।

स्थानीयले उनलाई पानीमा डुबी रहेको अवस्थामा देखेपछि बाहिर निकाल्दा उनीको मृत्यु भइसकेको थियो। घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाएको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार