जल्ने चितामा जलेपछि रुँदै बसेर के पाइन्छ र ?,
परीक्षा नै सकिएपछि घुँडा घसेर के पाइन्छ र ?
गर्न जति सबै पाप गरिसक्यौ,जवानीको उन्मादमा,
बुढेसकालमा राम भनी मन्दिर पसेर के पाइन्छ र ?
जन्माएका सबै सन्तान लाखापाखा लागिसके,
त्यो दुख्ने कम्मरमा पटुकी नै कसेर के पाइन्छ र ?
गर्नु थियो आवश्यक सुझबुझ समयमा नै,
लगनपछि गलामा पोते सजेर के पाइन्छ र ?
प्रतिक्रिया