सुनसरी प्रहरीद्वारा ५ सय केजी गाँजासहित एक जना पक्राउ

सोमबार, २० असोज २०८२

धरान : सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धानबारीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विशेष सूचनाको आधारमा गत राति ११:३० बजे इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको १३ वटा प्लास्टिकको पोकामा ५ सय ३७.१४० किलोग्राम गाँजा फेला पारेको हो। यस घटनामा संलग्न कोशी गाउँपालिकाका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार