कञ्चनपुर कारागारबाट फरार ११६ कैदीलाई आज साँझसम्म फिर्ता हुन निर्देशन

सोमबार, २० असोज २०८२

कञ्चनपुर : जेन–जी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका कैदी तथा थुनुवालाई आज साँझ ५ बजेसम्म कारागारमा फर्किन समय सीमा तोकिएको छ।

फरार कैदी बन्दी खोजी तथा पक्राउ कार्यदलको आइतबारको बैठकले तोकेको उक्त समयसीमा अन्तर्गत नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन २०७९ र अन्य प्रचलित कानून अनुसार कारबाही गरिने कारागार कार्यालयले जनाएको छ।

साथै, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी कारबाही गरिने छ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार गत भदौ २४ गते ४७८ जना कैदी फरार भएका थिए। तीमध्ये अहिले ११६ जना अझै फरार छन्।

केही कैदी आफैँ कारागार फर्किएका छन् भने केही पक्राउ गरेर कारागारमा बुझाउने कार्य भइरहेको छ।

कारागारले फरार कैदीलाई फिर्ता ल्याउन सम्बन्धित परिवार, समुदाय र नागरिक संस्थासँग पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार