मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

सोमबार, ०६ असोज २०८२
सांकेतिक फाईल

चितवन : मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक गएको पहिरो पूर्ण रूपमा हटाएपछि यातायात आवागमन दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ साढे ५ बजेदेखि सडक दुवै तर्फ खुलाइएको हो। पहिरो पन्छाउने कामका लागि दिनभर आवागमन रोकिएको थियो।

गत शुक्रबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। आइतबार साँझ एकतर्फी मात्र सञ्चालनमा आएको सडक आज पूर्ण रूपमा सुचारु भएको हो। रातको समयमा ढुंगा खस्ने उच्च जोखिम रहेकाले गत राति आवागमन रोकिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार