काठमाडौँमा आजदेखि सबै कार्यालय खुला (पत्रसहित)

सोमबार, २० असोज २०८२

काठमाडौँ : लगातारको वर्षाका कारण दुई दिन बन्द रहेका काठमाडौँका सबै सरकारी तथा सार्वजनिक कार्यालय आज सोमबारदेखि खुल्ने भएका छन्।

मौसममा सुधार आएपछि सरकारले दिइएको बिदामा एक दिन कटौती गर्दै कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार राति जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “भारी वर्षाका कारण अवरुद्ध राजधानी प्रवेश मार्ग र उद्धार–राहत कार्यका कारण १९ र २० गते सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, अहिले मौसम सामान्य भइसकेकाले सोमबार बिहान १० बजेदेखि सबै कार्यालयहरू खुला रहने छन्।”

यससँगै काठमाडौँ जिल्लास्थित सबै सरकारी निकाय, संस्थान र स्थानीय तहका कार्यालयले आजदेखि पुनः नियमित सेवा सुरु गर्ने भएका छन्।

bida

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार