सुनसरीमा पहिरोमा अलपत्र परेका १२ जनाको उद्धार

सोमबार, २० असोज २०८२

सुनसरी : अविरल वर्षापछि सुनसरीको बराहक्षेत्रस्थित रानीखोलामा पहिरो झरेपछि अलपत्र परेका १२ जना सर्वसाधारणलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, टिका लगाएर घर फर्किने क्रममा रानीखोलामा आएको पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा अलपत्र परेका थिए।

उद्धारकार्यमा इप्रका महेन्द्रनगरबाट इन्स्पेक्टर दिवश कुँवरको नेतृत्वमा १० जनाको टोली र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट निरीक्षक सुमन बुढाथोकीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।

उद्धार गरिएको स्थान इप्रका महेन्द्रनगरबाट करिब १६ किलोमिटर उत्तरतर्फ पर्दछ। उद्धारमा कुनै मानवीय क्षति भने भएको थिएन।

उद्धार गरिएका व्यक्तिहरूमा मनोज राजधामी, अञ्जना राजधामी, आन्सी राजधामी, सम्यम राजधामी, रियान्सा राजधामी, सम्झना राजधामी, सुष्मा राजधामी, घिन्तान राजधामी, रन्जना राजधामी, अनमोल राई, विनीता राई, र समुन्द्र राई रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार