यी हुन् बाढी पहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावलीसहित)

सोमबार, २० असोज २०८२

इटहरी । भीषण वर्षापछि आएको बाढी पहिरोमा परी देशभर ५२ जनाको मृत्यु भएको छ।

शुक्रबार र शनिबार लगातार भीषण वर्षा भएपछिको विपदजन्य घटनामा परी अहिलेसम्म ५२ जनाको मृत्यु र ७ जना बेपत्ता भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ। यसमा भीषण वर्षापछि आएको बाढी पहिरो र भएको दुर्घटनामा परी मृत्यु भएकाहरू छन्। 

तीमध्ये ३७ जना मृतक इलामका छन्। उदयपुरमा २ जना, पाँचथरमा ८ जना र खोटाङका दुई जनाको मृत्यु भएको डिएसपी ‍थापाले जानकारी दिए। रौतहटमा ३ जना र काभ्रेमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै बारामा एक जना, रसुवामा चार जना, इलाममा एक जना  र काठमाडौंमा एक जना बेपत्ता रहेको डिएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार