देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

सोमबार, २० असोज २०८२

काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।

सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।

तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।

अरनिको राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ भने कान्ति लोकपथको घट्टे पाखामा पुनः पहिरो खसेर बाटो अबरुद्ध भएको विभागले जनाएको छ । मेची करिडोरमा माईखोला र पुवाखोला पुल बगाएको र थादे खोलाको बक्स कल्भर्ट क्षेत्रमा डुबान भएर यातायात सञ्चालन कठिन भएको छ ।

हुलाकी सडकको वीरगञ्ज क्षेत्रमा क्षति नभए पनि कमला क्षेत्रमा बाढी सतह उच्च छ भने कन्काई पुल नजिकै सडक बगाएको र लोहन्द्रा पुलमा भराइको जोखिम बढेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मेची नगरपालिका–१ मा काली खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । सम्बन्धित निकायले करिब बेलुकी ५ बजेसम्म वैकल्पिक व्यवस्था पूरा गर्ने जनाइएको छ ।

मध्यपहाडी राजमार्गको रामेछाप–सिन्धुली खण्डमा उपकरण परिचालन भइसकेको छ । खुरकोट–घुर्मी र जयाराम–हलेसी खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने बाँकी खण्डमा मर्मत कार्य जारी छ ।

त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार