कोशी र बागमती प्रदेशका केही सडकखण्ड अझै अवरुद्ध

मंगलबार, २१ असोज २०८२

काठमाडौँ : बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोक पथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला र मकालु, मेची राजमार्ग अन्तर्गत इलाम र मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङमा सडक अवरुद्ध छ ।

पासाङल्हामु सडक खण्ड अन्तर्गत रसुवाको गोसाईंकुण्डमा बन्द भएको सडक पनि खुलेको छैन । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशीमा पनि सडक अवरुद्ध छ । काभ्रेको रोशी खोलाको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि हिजोदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकी डाँडासम्मको विभिन्न ठाउँमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रूपमा राजमार्ग अवरुद्ध भएको छ । अहिले वैकल्पिक मार्गका रूपमा गाडी खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेका छन् ।

Police_WWdaiGtQek

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार