जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि पुन: परीक्षा सञ्चालन गर्दै त्रिवि

शुक्रबार, २४ असोज २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका कारण जलेर नष्ट भएका उत्तरपुस्तिका परीक्षालाई पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार तीन परीक्षा केन्द्रमा ६५२ विद्यार्थीका उत्तरपुस्तिका जलेका थिए । 

यो वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन, मानविकी, सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायको ४ वर्षे स्नातक दोस्रो वर्षको आंशिक तथा मौका परीक्षा थियो ।

उत्तरपुस्तिकाहरु सुरक्षाका लागि नजिकैको प्रहरी चौकीमा राखिएको थियो, तर आन्दोलनका क्रममा त्यहाँ आगो लागेपछि ती सबै जलेका थिए ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले असोज २२ गते बैठक गरेर परीक्षा रद्द गरी पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । सम्बन्धित परीक्षा केन्द्र र क्याम्पसहरूले आफ्ना विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने जानकारी दिइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार