सुनको भाउ घट्यो, चाँदीको मूल्य बढ्यो

शुक्रबार, २४ असोज २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  बिहीबारको तुलनामा एक तोला सुन चार हजार २०० रुपैयाँले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० ले घटेर दुई लाख ३५ हजार कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार