टिकटक भिडियो खिच्ने क्रममा खोलामा हाम फालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

शुक्रबार, २४ असोज २०८२

सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हाम फालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।

असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रवार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरूसहित दुधौरा खोलामा हाम फालेका थिए। तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए ।

शुक्रवार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार