झापा । बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित एक घरमा जुवा जन्य तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो (बिहिबार) राति करिब १० बजे विशेष गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ओमनाथ उप्रेतीको घरको दोस्रो तलाबाट ती व्यक्तिहरूलाई तास खेलिरहेका बेला पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट तासका ५२ पत्ति (एक बुक), नगद दुई लाख पन्ध्र हजार पाँच सय पचास रुपैयाँ र नौ थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेका ११ जनामध्ये घरधनी उप्रेती स्वयं पनि छन्।
जुवा खेलिरहेका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया