झापा । भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो मात्राको पटका झापामा प्रहरीले बरामद गरेको छ। गौरीगंज गाउँपालिका–४ हुक्कागाछीस्थित स्थानमा मङ्गलवार बिहान करिब ७ बजेर ३० मिनेटको समयमा कोब्रा ब्रान्डका २० बन्डल (१ हजार प्याकेट) पटका प्रहरीले फेला पारेको हो।
इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको गस्ती टोलीलाई देख्ने बित्तिकै पटका ल्याउँदै गरेको व्यक्ति घटनास्थलमै पटका छोडी फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएको पटकाको मूल्य अन्दाजी ४० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
हाल उक्त पटकाहरूलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया