सुनको मूल्य २ लाख ५० हजार नजिक, तोलाको कति ?

मंगलबार, २८ असोज २०८२

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोबार भएको सुन मङ्गलवार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार