मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

विहीबार, ३० असोज २०८२

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मङ्सिर महिनाभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र काँग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताउँदै त्यसले काँग्रेसलाई ऊर्जा दिने पनि बताए ।

डा.कोइरालाले सभापति शेरबहादुर देउवाको मन्तव्यलाई सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणादायी भएको भन्दै तारिफ गरे । उनले जेनजी पुस्ताले उठाएका मागहरूप्रति काँग्रेसले आगामी निर्वाचनमार्फत सम्बोधन गर्नुपर्ने पनि बताए ।

डा. कोइरालाले कांग्रेस पार्टीभित्र एकताको खाँचो रहेको औँल्याउँदै भने,‘निःसन्देह यति वेला काँग्रेस भित्र एकताको खाँचो छ । यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रक्रियालाई पारदर्शी र सबैमा ‘विन–विन’को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबारे पार्टी भित्र व्यापक बहस, छलफल र विश्लेषण जरुरी छ ।’

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार