डीआईजी अविनारायण काफ्लेले सम्हाले केन्द्रीय प्रवक्ताको जिम्मेवारी

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौँ : नेपाल प्रहरीले केन्द्रीय प्रवक्ताको रूपमा डीआईजी अविनारायण काफ्लेलाई नियुक्त गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत काफ्लेलाई मङ्गलवार औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि प्रवक्ताको भूमिकामा रहेर काम गर्दै आएका डीआईजी विनोद घिमिरेको सरुवा भएसँगै काफ्ले नयाँ प्रवक्ताका रूपमा निर्धारण भएका हुन् ।

सोमबार मात्रै सरकारले पाँच जना डीआईजी बढुवाका निर्णय गरेको थियो ।

सोको क्रममा काफ्ले पनि प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए । अब उनले सङ्गठनको आधिकारिक सूचनाको जिम्मेवारीसमेत वहन गर्नेछन् ।

नयाँ प्रवक्ताको नियुक्तिसँगै प्रहरीले सङ्गठनभित्रको सूचना प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार