निर्वाचन आयोगमा १२२ दल दर्ता : ७ खारेज, २८ वटा प्रक्रियामै

आइतबार, ३० कार्तिक २०८२

 

काठमाडौं : निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् ।

उनकाअनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज उहाँको भनाइ छ । उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए ।

भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए ।

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागि हुन पाउने पनि बताए ।

उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताए । उनकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताए ।

शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार