काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको अभियोगमा संशोधन गरेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धिथ अभियोजकलाई दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
युवराज पौडेल (सफल) ले बुधबार रिट पेश गरेका हुन् । रिट दर्ता भने भएको छैन । सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै पेश गरेको रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न अधययन भइरहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते रविको अभियोजन संशोधन गर्न सम्बन्धित जिल्ला न्यायाधिवक्ता कार्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो । सफलले सो निर्णय र यही निर्णयका आधारमा भएका पत्राचारहरूलाई बदर गर्न र यो मुद्दाको कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश मागेका छन् ।
प्रतिक्रिया