काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट
फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग जाने भएका छन् ।
सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन् । उनीहरू आफ्नो पार्टीको चुनाव चिह्न लगायत विषयमा छलफल गर्न जान लागेको बताइएको छ । नेपाली कांग्रेसको दुवै पक्षले आफू आधिकारिक भएको भन्दै कागजातसहित निवेदन दिएपछि अहिले आयोगले दुवै पक्षले पेश गरेका प्रमाणको अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया