विदेशमा नेपाली चियाको माग बढी आपूर्ति अपर्याप्त

शुक्रबार, १५ बैशाख २०८०
काठमाडौं । 'गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ' भन्ने नारासाथ सरकारले २७औँ राष्ट्रिय चिया दिवस मनाइरहेको छ । नेपाली चियाको विशिष्ट पहिचान भएका कारण अन्तर्राष्ट्रिय बजारमा यसको ठूलो माग हुँदा पनि पर्याप्त निर्यात गर्न सकिएको छैन । नेपालमा चिया खेती सुरु भएको १ सय ६० वर्ष भयो । तर आज पनि अन्तर्राष्ट्रिय बजारले खोजे जति नेपाली अर्थोडक्स चिया उत्पादन गरेर निर्यात गर्न सकेका छैनौं । वाणिज्य र कृषि मन्त्रालय मातहतका निकायले गरेका विभिन्न अध्ययनले तत्कालै वार्षिक १२ अर्ब रुपैयाँसम्मको चिया निर्यातको सम्भावना देखिए पनि अहिलेसम्म ४ अर्ब हाराहारीमा मात्र निर्यात हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया खेती हुन्छ । २६ हजार टन वार्षिक उत्पादन छ । उत्पादन भएको चिया ९० प्रतिशत बजार अहिले पनि भारतमै निर्भर छ । भारतमा प्रतिकिलो ६ हजार रुपैयाँमा बिक्री हुने चिया युरोप र अमेरिकी बजारमा पुर्‍याउन सके २० हजारसम्म पाउन सकिन्छ । सरकारी अधिकारीहरूले तुलनात्मक लाभको कृषि उपजको बजारीकरणमा सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । झन्डै १० वर्ष यता चियाको निर्यातको सहजीकरणको लागि द्विपक्षीय दातृ निकायले लगानी गरे पनि किसानको क्षमता विकासमा अपेक्षित प्रतिफल आउन सकेको छैन । २९ वटा चिया उद्योगलाई ट्रेड मार्ग दिनमै सीमित भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार