सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

विहीबार, २२ मंसिर २०७९
सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको एक जदस्यले जानकारी दिएका छन् । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । जनमत पार्टीले प्रदेशका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार