पाँचथर । पहाडी जिल्लामा उत्पादन भएर धरान हुँदै निकासी गरिने नगदे तथा कृषि उपजको धरान उपमहानगरपालिकाले गैर कानूनी रूपमा निकासी कर लगाउँदै गुनासो आएको छ ।
नेपालको संविधानमा एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानीमा कुनै किसिमको कर दस्तुर वा महसुल लगाउन नपाइने उल्लेख गरेपनि धरान उपमहानगरपालिकाले बाटो प्रयोग गरेको कारण नै कर असुल्ने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले गुनासो गरेका हुन ।
अलैँची,अदुवा,अम्रिसो र चिराइतो लगायतका नगदेबाली र कृषि उपज उत्पादन हुने क्षेत्रका स्थानीय तहले भने यस्ता बस्तुमा निकासी कर लगाएका छैनन् । यद्वपी धरान पु¥याउनासाथ उप महानगरले निकासी करका नाममा रकम असुल्छ, जसको भार उत्पादक किसानकै थाप्लामा थोपरिने गरेको समेत अध्यक्ष नेपालले बताए ।
खरिदकर्ता,व्यवसायी र व्यापारीले खरिद पछि विक्री गर्दा सम्म लाग्ने सबै मूल्य कटाएर मात्रै किसानलाई दाम दिने भएकाले यसरी तिर्ने करको भार उत्पादक र किसानकै थाप्लामा पर्ने व्यवसायीहरू बताँउछन । अलैँची व्यवसायीहरूले धरान उपमहानगरपालिकाले गैर कानुनी रूपमा निकासी कर असुल गर्ने क्रममा पछिल्लो पटक यही मङ्सिर १९ गते ना ५ ख ८१४९ नम्बरको ट्रकमा लोड गरेर काँकडभिट्टा लैजाँदै गरेको अलैँचीको निर्यात कर भन्दै धरान नगरपालिकाले २५ हजार ५ सय २५ रुपैंया कर उठाएको बिल सहित हामीसँग गुनासो गरेका छन ।
धरान उपमहानगरपालिकाले एसएसएस कन्ट्रक्सनको नामको नगदी रसिद मार्फत कोशी राजमार्ग,मध्य पहाडी र तमोर कोरिडोरको बाटो हुँदै धरान भएर वि–भिन्न स्थानका लागि निर्यात गरिने कृषि उपज र नगदीबाली निर्यात बापत महँगो कर उठाउने गरेको व्यवसायीहरूको गुनासो रहेको छ ।
_LLGOa2VL6w.jpg)
यता धरान उपमहानगरपालिकाका राजस्व अधिकृत खगेन्द्र खतिवडा अन्य जिल्लाबाट कृषि र नगदेबाली धरान ल्याएर कारोबार गर्नेहरूबाट कर सङ्कलन गर्ने गरेको स्विकार्छन् । कवाडी, जडीबुटी, बनकस र जीवजन्तु वर्गका सामग्रीमा कर उठाइने गरिए पनि हरियो सागसब्जीमा कुनै किसिमको कर नउठाएको उनको दाबी छ । अधिकृत खतिवडाले कर सङ्कलनका लागि ३१ लाख रुपैयाँमा वार्षिक ठेक्का सम्झौता निर्माण व्यवसायीलाई दिएको बताउँदै धरान ल्याएर भण्डारण गरिएका सामग्री पुनः निर्यात गर्ने व्यवसायीबाट मात्रै कर उठाउँदै आएको समेत जानकारी गराए ।
उनले पहाडका स्थानीय तह र जिल्ला समन्वय समितिलाई कर तिरेर ल्याइएका सामानमा पुनः कर नलिएको पनि दाबी समेत गरे । राजश्व अधिकृत खगेन्द्र खतिवडाले अन्य स्थानीय तहमा कर तिरेको रसिद पेस गरेका खण्डमा दोहोरो कर नलिएको बताए ।
_OoeyDhY0wc.jpg)
धरानको बाटो मात्र प्रयोग गरी निर्यात गरिने जडीबुटी कृषि उपजहरूमा समेत धरान उपमहानगरपालिकाले करको दर तोकेकोको किसान तथा व्यवसायीको गुनासो रहेको छ । धरान उपमहानगरपालिकाले यार्सागुम्बामा प्रतिकिलो ३ हजार, चिरैतोमा १० रुपैयाँ, अलैँचीमा ५ रुपैयाँ, भेनियर पातामा तीनसय रुपैंया, टुरमालिनमा १ हजार, साधारण रुद्राक्षमा प्रतिकिलो १ हुँदै २६ र २७ मुखे रुद्राक्षको प्रतिगोटा ३५ हजार रुपैयाँ सम्म कर उठाउने गरेको किसान तथा व्यवसायी वताउछन ।
किसान तथा व्यवसायीहरू भने सम्बन्धित पालिकाले कर छुट दिएका सामग्रीमा धरानले जबरजस्ती कर लाद्नु व्यवहारिक नहुने टिप्पणी छन ।
प्रतिक्रिया