जेनजी आन्दोलन संस्थागत गराउन सरकारलाई २४ घण्टे अल्टिमेटम

आइतबार, २१ मंसिर २०८२

विराटनगर :  जेनजी आन्दोलनलाई औपचारिक रूपमा संस्थागत गर्न माग गर्दै ‘द काउन्सिल अफ चेन्जिङ’ ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने र आन्दोलनसम्बन्धी छानबिनमा न्यायिक प्राथमिकता कायम गर्नुपर्ने मागसमेत समूहले अघि सारेको छ।

आज जिल्ला  प्रशासन कार्यालय मोरङका सिडिओ युवराज कट्टेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल आफ्नो माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएको मोरङ जेनजीका सचिव दिपल बन्जाराले जानकारी दिए।

उनीहरूको तत्कालीन माग जेन्जी आन्दोलनलाई संस्थागत गराउनु पर्ने, भदौ २३ को घटनामा संलग्न आरोपीलाई अनुसन्धान गरेपछि मात्र भदौ २४ को घटनामा संलग्नलाई अनुसन्धान गर्नुपर्ने माग राखेका छन्।

अब हुने आन्दोलन शान्तिपूर्ण तरिकाले सचिव बन्जराले बताए।

WhatsApp Image 2025-12-07 at 2.56.37 PM (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार