झुम्का कारागारबाट भागेका थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ

शुक्रबार, २६ मंसिर २०८२
फाईल फोटो

विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका लागुऔषध मुद्दाका एक जना थुनुवा मोरङको सुन्दरहरैँचामा पक्राउ परेका छन् । 

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो । 

जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा सुन्दरहरैँचास्थित घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीले श्रेष्ठलाई शुक्रबार कारागारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार