झुम्काका विवेक ब्राउन सुगर सहित खनारबाट पक्राउ

मंगलबार, ०१ पुस २०८२

इटहरी, :  सुनसरीको खनारबाट  लागु पद्धार्थ ब्राउन सुगर र मोटरसाईकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राती करिब साढे १० बजेको समयमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले मोटरसाईकलमा सवार सुनसरीकै रामधुनी नगरपालिका वडा नम्बर १ झुम्काका विवेक सरदारलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागु पद्धार्थ ब्राउन सुगर ०.२५० ग्राम फेला परेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

लागु पद्धार्थ र मोटरसाईकल सहित पक्राउ परेका सरदारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको समेत प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार