काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा अंग्रेजी नयाँ वर्षको अवसरमा पारेर विशेष छुटको अफर ल्याएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो।
अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको जनाइएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने समेत जनाइएको छ । आज देखि एक साता सम्मका लागू हुने जनाइएको छ ।
प्रतिक्रिया