रामआशिष यादव मधेश प्रदेशको सभामुखमा निर्वाचित

आइतबार, ०६ पुस २०८२

जनकपुर : सातदलिय गठवन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका रामआशिष यादव मधेश प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज बसेको मधेश प्रदेशको वैठकमा मत विभाजन गर्दा रामआशिषको तर्फ ७२ मत परेकाले उनी निर्वाचित भएको उप सभामुख बबिता राउत इशरले जानकारी गराएकी हुन। 

आजको मधेश प्रदेश सभाको वैठकमा ९६ सदस्य उपस्थित रहेकोमा यादवको पक्षमा ७२ मत र विपक्षमा भने २४ मत परेकोले यादव निर्वाचित भएको उप सभामुख राउत जनाएकी हुन । यादवलाई सभामुख निर्वाचित गर्न सात दलियगठवन्धनका तर्फबाट नेपाली काँग्रेसका विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।  सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र २ वाट निर्वाचित प्रदेश सभा सदस्य हुन । 


यस अघिका सभामुख रामचन्द्र मण्डलले पदिय आचरण अनुसार काम नगरेको भन्दै सात दलियगठवन्धनको तर्फबाट अविश्वासको प्रस्ताव मार्फत मण्डललाई पदमुक्त गराएको थियो । मण्डल एमालेको तर्फबाट मधेश प्रदेश सभाका सदस्य हुन ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार