केन्यामा धार्मिक गुरुको उक्साहटमा भोकै बस्दा मृत्यु हुनेको संख्या सय नाघ्यो

शनिबार, १६ बैशाख २०८०
काठमाडौं । केन्यामा एक धार्मिक गुरुको उक्साहटमा भोकभोकै बसी ज्यान गुमाउने संख्या एक सय नाघेको छ । केन्या रेडक्रसका अनुसार मर्नेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । करिब तीन सय केन्यालीहरु उक्त क्षेत्रमा अझै हराइरहेको भनिएको छ । भोकै बसेर ज्यान गुमाउनेहरु सबै गुड न्यूज चर्चका सदस्य भएको खुल्नमा आएको छ । ती धार्मिक गुरु प्याट्रिक म्याकेन्जीले आफ्ना अनुयायीहरुलाई भोकै बसी मरे मात्र भगवानलाई भेट्न सकिने भनी उक्साएका थिए । केन्याका राष्ट्रपति रुटोले म्याकेन्जीलाई एक अपराधी र आतंकवादीको संज्ञा दिएका छन् । यस घटनाले सम्पूर्ण केन्यालीहरुलाई स्तब्ध बनाएको छ भने त्यहाँको सरकारप्रति आक्रोश पनि बढेको छ । केन्यालीकाअनुसार सरकारले त्यहाँ अवस्थित चर्चहरु र तिनीहरुको गतिविधीलाई सही तरिकाले नियमन नगरेकोले यस किसिमका घटनाहरु दोहोरिन सक्ने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार