समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुने

सोमबार, २१ पुस २०८२

काठमाडौं  । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्।

दुवै कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी १ः१ को शेयर अनुपात निर्धारण गरेको थियो।

मर्जर समितिले उक्त प्रस्ताव अनुमोदनका लागि दुवै कम्पनीका सञ्चालक समितिमा पेश गरेकोमा समृद्धि फाइनान्स कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को शेयर स्वाप रेसियोमा पोखरा फाइनान्ससँग मर्जरमा जाने निर्णय स्वीकृत गरेको छ।

अब मर्जर प्रक्रिया नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायको स्वीकृति पश्चात अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार