राजाजी रामजी माविका विद्यार्थीले सडकमा टायर बालेर गरे प्रर्दशन

मंगलबार, २२ पुस २०८२
विद्यार्थीले गरेको प्रर्दशनको फाइल फोटो

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा रहेको राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज पनि दोषीलाई कारवाहीको माग राख्दै प्रर्दशन गरेका छन । विद्यालयका लेखा कर्मचारी सुरेश मेहताले  छात्राहरुलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाउदै हिजो देखि आन्दोलित बनेका विद्यार्थीहरुले आजपनि  पुर्वपश्चिम राजमार्ग अन्तर्गत इनरुवा चौक खण्डमा टायर पारेर सडक अवरोध गरेर पर्दशन गरेका हुन। 

विद्यार्थीहरुले इनरुवाको वस चौक क्षेत्रमा सडक अवरोध गरेर प्रर्दशन गरिरहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र खडकाले जानकारी दिए । खड्काले दोषीका विरुद्धमा उजुरी परेकाले खोजी कार्य भई रहेको समेत जनाए । 

विद्यार्थीहरुको आन्दोलन जारी रहेको समयमा केही विद्यार्थी, अभिभावक, शिक्षकहरु समेतको सहभागितामा सुनसरीका प्रहरी प्रमुखसंग छलफल समेत भईरहेको समेत जनाइएको छ । आरोपी मेहतालाई नियन्त्रणमा लिएर कारवाही थाल्नु पर्ने माग विद्यार्थीहरुलाई राख्दै आएका छन । 

विद्यालयका लेखा कर्मचारी मेहताले छात्राहरुलाई पटकपटक दुर्व्यवहार गरेको विद्यार्थी तथा अभिभावकहरुको आरोप रहेको छ । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार