माघे संक्रान्ति नजिकीएसंगै बजारमा तरुल किन्नेको चहलपहल

विहीबार, २४ पुस २०८२

इटहरी : माघे संक्रान्ति नजिकरहेको समयमा तरुल लगायतका माघे संक्रान्तिका लागि सामान किन्नेहरुको चहलपहल बजारमा बढ्न थालेको छ । काठमाडौं उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी सहित मुलुक अन्य ठाउँहरुमा समेत माघे संक्रान्ति लक्षित तरुल लगायतका समानहरु किन्नेहरुको चहलपहल बढ्न थालेको हो ।

 

माघे संक्रान्तिमा तरुलको माग बढी हुने गरेको तर्फ मध्यनजर गर्दै अहिले बजारमा घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल लगायतको विक्री लागि व्यापारीले राख्ने गरेका छन्। माघे संक्रान्तिका दिन तरुल खाने परम्पराका कारण पनि बजारमा अहिले तरुलको माग बढी रहेको छ ।

 

माघे संक्रान्तिमा तरुल सहित तिलका लड्डु समेत खाने प्रचलन रहेको छ । माघे संक्रान्तिका लागि भनेर अहिले बजारमा सख्खर , तिल , भुजा , तरुल लगायतका सामानहरु किन्नेहरुको चहलपहल बढेको छ । अन्य समयमा सामान्य रुपमा मात्र विक्री हुने तरुल माघे संक्रान्तिमा भने माग पुरा गर्न व्यापारीहरुलाई हम्मेहम्मे पर्ने गर्दछन ।

 

पुर्वी तराईमा पनि पछिल्लो समयमा माघे संक्रान्तिका लागि तरुल, सख्खर , तिल , भुजाले राम्रो बजार पाएको छ । तराईका नियमित लाग्ने बजार तथा साप्ताहिक रुपमा लाग्ने हाटबजारहरुमा पनि माघे संक्रान्ति लक्षित सामान किन्नेहरुको भिड देखिन्छ ।

 

 पहाडी क्षेत्रबाट ल्याएर पुर्वी तराईका बजारहरुमा विक्रीका लागि तरुल ,सिमल तरुल ,वन तरुल , सुडुनी ,इस्कुसका जरा विक्री गर्नेहरु माघे संक्रान्ति नजिकीरहेको समयमा यस्ता कन्दमुलहरुको माग बढेको वताउछन ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार