काठमाडौँ : ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको हो ।
स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि राष्ट्रिय योग दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ । दिवस मनाउन मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन योग ध्यान सम्वन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरेको छ ।
योगसंग सम्बन्धित सङ्घ संस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग–ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।
हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते मनाइन्छ ।
प्रतिक्रिया