Pitch Fest 1.0: कोशी प्रदेशमा युवा उद्यमीहरूको उडान

शनिबार, २६ पुस २०८२

विराटनगर: कोशी प्रदेशको औद्योगिक राजधानी विराटनगरमा शनिबार Pitch Fest 1.0 ले युवा उद्यमीहरूका स्टार्टअप आइडियालाई लगानीसँग जोड्ने मञ्च दियो।

Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF) कोशी च्याप्टरले आयोजना गरेको यो कार्यक्रमले नवीन सोच भएका युवालाई लगानीकर्तासँग जोड्ने अवसर दियो।

"आजको विचार नै भोलिको उद्योग हो" नारासहित भएको कार्यक्रमले कोशी प्रदेशको आर्थिक विकासमा युवाको भूमिका उजागर ग¥यो।

WhatsApp Image 2026-01-10 at 13.36.43

प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग तथा कृषि मन्त्री इस्राइल मन्सुरीले युवा स्टार्टअपलाई सरकारबाट नीति, सहजीकरण र सहुलियत दिने प्रतिबद्धता जनाए।

WhatsApp Image 2026-01-10 at 13.36.47

CNIYEF कोशीका अध्यक्ष सुसान्त प्रधानले युवालाई आत्मविश्वासका साथ आइडिया प्रस्तुत गर्न प्रेरित गर्दै भने, "यो मञ्च तपाईँहरूको हो। नडराई आइडिया अघि सार्नुस्। सानो सोच नै ठुलो उद्योग बन्न सक्छ।"

कार्यक्रममा CNI कोशी प्रदेशका अध्यक्ष पवन शारडा, केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी उपाध्यक्ष प्रकाश मुन्दडा र CNIYEF का केन्द्रीय अध्यक्ष मुनान रिजालको उपस्थिति थियो। उनीहरूले नेपालमै सफल उद्यमी बन्न सकिने अनुभव साझा गरे।

CNI का राष्ट्रिय उपाध्यक्ष भीम घिमिरेले भने, "२००४ मा DV भिसा पाएर अमेरिका गएँ, तर दुई हप्तामै फर्किएँ। सुरुमा ७ रुपैयाँ ज्यालामा मजदुरी गरेँ।

आज मेरो नेतृत्वमा ७ कम्पनी छन्, जसमा ७०० भन्दा बढीले रोजगारी पाएका छन्। युवालाई भन्छु—विदेश मात्र अवसर होइन, नेपालमै अमेरिका छ। आफूले खाएको प्लेट आफैँ सफा गर्न पनि लाज नमान्नुस्, सफलता त्यहीँबाट सुरु हुन्छ।"

WhatsApp Image 2026-01-10 at 13.36.46

Pitch Fest 1.0 मा फाइनलमा पुगेका ८ युवा उद्यमीले कृषि, सूचना प्रविधि, पर्यटन र उत्पादन क्षेत्रका आइडियाहरू प्रस्तुत गरे। यी आइडियाले लगानीकर्ता र विज्ञहरूको ध्यान खिचे। कार्यक्रमले युवाको आत्मविश्वास बढाएर उद्योगसँग जोड्ने सेतुको काम ग¥यो।

CNI कोशी प्रदेशका अध्यक्ष पवन शारडाले कोशीमा स्टार्टअपको सम्भावना रहेको बताए। "प्राकृतिक स्रोत, युवा ऊर्जा र सम्भावनाको खानी यहीँ छ। समस्या देखेर होइन, समाधान सोचेर व्यवसाय सुरु गर्नुपर्छ," उनले भने। उनले प्रदेश सरकारलाई स्टार्टअपमैत्री नीति, इन्क्युबेशन सेन्टर, सहुलियत ऋण र अनुदान कार्यक्रम ल्याउन आग्रह गरे।

WhatsApp Image 2026-01-10 at 13.36.43 (1)

नेपाल राष्ट्र बैंकको अध्ययन उल्लेख गर्दै उनले भने, "कोशी प्रदेशमा १६० स्टार्टअपमा २ अर्ब ५६ करोड रुपैयाँ लगानी भइसकेको छ, जसमध्ये ८० प्रतिशत नाफामा छन्। तर पूँजी, दक्ष जनशक्ति र सरकारी सहजीकरण चुनौती छन्।"

CNIYEF कोशीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नीति, लगानी र नवप्रवर्तनको संयोजनले कोशी प्रदेश कृषि, पर्यटन, आइटी र ऊर्जा क्षेत्रमा नेपालको स्टार्टअप हब बन्न सक्छ।WhatsApp Image 2026-01-10 at 13.36.47 (1)

IMG_8698IMG_8699

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार