रुकुम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने जनाएका छन् ।
शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै संयोजक दाहालले आफ्नो उम्मेदवारी रुकुम पूर्वबाट हुने करिब निश्चित भएको बताएका छन् । “हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,” उनले सभामा बताएका छन् ।
गोरखा, नुवाकोटदेखि महोत्तरीसम्मबाट नाम सिफारिस भए पनि अन्तिममा सबैभन्दा सुरक्षित क्षेत्रका रूपमा रुकुम पूर्व रोजिएको जनाइएको छ । तीनवटा मात्र गाउँपालिका रहेको रुकुम पूर्व हाल पनि नेकपा (तत्कालीन माओवादी)को आधार क्षेत्र मानिँदै आएको छ ।
प्रतिक्रिया