काठमाडौं। सामसङ ब्रान्डको टेलिभिजन नेपालमा उत्पादन सुरू भएको छ।
शेखर गोल्छाको गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका उद्योग स्थापना गरेको हो।
उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सामसङले गोल्छा ग्रुपसँगको सहकार्यमा सुरू गरेको टेलिभिजन उत्पादनले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए।
कोरियाली लगानीकर्ता उद्योग स्थापना गर्न नेपालका कुनै नियम, कानुनले कठिनाइ गरेको छ भने त्यस्ता कानून संशोधन गर्न तयार रहेको उनले बताए ।
नेपालका लागि कोरियाली राजदुत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए ।
अर्थतन्त्रलाई बलियो बनाउन भ्यालु एडिसन गर्न आवश्यक रहेको भन्दै सामसङसँग सहकार्यमा उत्पादन मुलुक उद्योग स्थापना गरिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए।
सामसङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल उद्योग परिसरमा करिब ४०० महिलाहरूले रोजगार पाएको गोल्छाले बताए । आगामी दुई वर्षभित्र १ हजारलाई रोजगार दिने गरी काम गर्ने बताए ।
कम्पनीले आगामी दिनमा वासिङमेसिनलगाएतका सामान उत्पादन गर्ने र नेपालमा मात्रै नभई दक्षिण एसियायी बजारमा पनि सामान बिक्री गर्ने गरी काम गर्ने योजना भएको गोल्छाले जानकारी दिए ।
गोल्छा ग्रुपले २२ अगस्त २०२२ मा उद्योग शिलान्यास गरेको थियो। कम्पनीले ५ अप्रिलबाट परिक्षण उत्पादन सुरू गरेको थियो।
३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ।
प्रतिक्रिया