वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ : नेपालको संविधान २०७२ ले देशलाई स्थायीत्व दिन सकेन

सोमबार, २८ पुस २०८२
पत्रकार सम्मेलन

काठमाडौं : नेपालको संविधान २०७२ ले देशलाई स्थायीत्व दिन नसकेको रामराज्य परिषद्ले दाबी गरेको छ । परिषद्ले विकल्पमा नयाँ संविधानको खाँचो रहेको बताएको हो ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही संविधान अन्तरगत हुने निर्वाचनले राजनीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत रामराज्य परिषद्ले गरेको छ । 

परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको र सोही अनुसारको व्यवस्था देशका निम्ती घातक भएको पुष्टि भएको बताउदै पत्रकार सम्मेलनमा २०७२ को संविधानले देशको स्वधीनता र राष्ट्रिय स्वतन्त्रको संरक्षण गर्न नसकेको भने दाबी गरे ।  

परिषद् उपाध्यक्ष भगवान गिरीले देश र जनताको हितका लागि वर्तमान व्यवस्थाको अन्त्य अवश्यंभावी रहेको धारणा राखे । भैरव बहादुर शाहीले देशले काँचुली फेर्ने बेला आईसकेकाले कोही न कोहीले देश जोगाउन निर्णायक पहल लिनै पर्ने बाध्यता रहेको धारणा राखे ।

परिषद्का कोषाध्यक्ष रमेश कुमार बस्न्यातले देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्न पूर्वीय दर्शनमा आधारित वैद्धिक सनातनी हिन्दु राज्यको आवश्यकता रहेको बताए । परिषद्का सदस्य उमेश रम्तेलले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनका कारण जेनजी विद्रोह भए पनि पुराना दलहरु नसुध्रिएकाले बताए । 

पत्रकार सम्मेलनमा सफलता बोगटीले देशमा अराजकता र दण्डहिनताले सीमा नाघेको तथा राज्य त्यसलाई रोक्न असफल हुनुका पछाडि व्यवस्था नै रहेकोले त्यसको विकल्प खोज्नुपर्ने धारणा राखिन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार