झापामा सर्पको टोकाईबाट ३७ वर्षीय बुद्धि कुमारको मृत्यु

मंगलबार, २९ पुस २०८२

झापा। झापामा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ ‌  । 

हिजो (सोमबार) कमल गाउँपालिका–६ सोनापुरका ३७ वर्षीय बुद्धि कुमार राजवंशीको सर्प दंशबाट मृत्यु भएको हो। घरको ट्वाइलेट जाने क्रममा सर्पले टोकेपछि उनलाई दमकस्थित नेपाल रेडक्रस उपशाखा हुँदै विराटनगरको कोशी अस्पताल पुर्‍याइएको थियो।

 चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय दमकले कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार