महिला टि–२० विश्वकप ग्लोबल छनोट : थाइल्याण्डलाई नेपालको १२३ रनको लक्ष्य

आइतबार, ०४ माघ २०८२

काठमाडौं । महिला टि–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत आज भइरहेको खेलमा नेपाली महिला टोलीले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो ।

नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सोनु खड्काले २६, रुबिना क्षेत्रीले १२, पूजा महतोले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

थाइल्याण्डकी थिपात्चा पुथावोङले सर्वाधिक ४ विकेट लिइन् । ओनिचा कामचोम्पुले २, चानिदा सुथिरुवाङ, सुलिपोन लाओमी र सुनिदा चातुरोङग्रातानाले १–१ विकेट लिए । अब थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार