आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन् : प्रधानमन्त्री कार्की

सोमबार, ०५ माघ २०८२

काठमाडौं : आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने प्रधानमन्त्री सुशीला कार्कीले  धारणा राखेकी छन् ।

सोमबार काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले आफूले कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने नेपाली समाजको आधारभुत मुल्य राजनीतिक व्यवहारमा पनि लागू गर्न आवश्यक रहेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,‘आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने व्यक्तिगत स्वार्थभन्दा वृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अंग हो । आफूले केही कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने हाम्रो नेपालको समाजको आधारभुत मुल्य हो । यो मुल्य र संस्कृति हाम्रो राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्छ ।’

त्यस्तै कार्कीले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा समेत राखिन् । सोनाम ल्होसार नेपालमा मात्र होइन विश्वमा पनि बसोवास गर्ने यस जातिले मनाउँछन् ,त्यसले गर्दा हाम्रो सांस्कृतिक पहिचानलाई विश्वमा पुर्याएको छ ।’ प्रधानमन्त्री कार्कीले भनिन । 

प्रधानमन्त्री कार्कीले नेपालको भाषा र संस्कृतिको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिइन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार