नेकपाले टुङ्ग्यायो उम्मेदवार, झलनाथ र वामदेव परेनन्

सोमबार, ०५ माघ २०८२
फाइल फोटो

काठमाडौँ  : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । दाहाल नेतृत्वको नेकपाबाट उम्मेदवार हुने चर्चामा रहेका पुर्व प्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतम भने उम्मेदवारको सुचिमा परेका छैनन । 

 

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छनोट गर्ने क्रममा नेकपाले अधिकांश नयाँ अनुहार रोजेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल सहित पुरानो राजनीतिक यात्रा तय गरेका अन्य नेताहरु समेटिएपनि नेकपाले टुंगो लगाएको सुचिमा नेता खनाल र गौतम समेटिएका छैनन । 

 

राष्ट्रिय सभाको सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चाहना राखेका गौतमको नाम भने नेकपाले टुंगो लगायतको सुची नपरेको हो । त्यसैगरी आफु इलामबाट नभएर पायक पर्ने ठाउँबाट उम्मेदवार भन्ने भन्दै आएका खनालको नाम समेत नेकपाले टुंगिएको उम्मेदवारको सुचिमा परेको छैनन । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार