उदयपुर क्षेत्र नम्बर १ मा युवा व्यवसायी गेलाल रास्वपाको उम्मेदवार

सोमबार, ०५ माघ २०८२

गाइघाट : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उदयपुरको क्षेत्र नम्बर १ बाट युवा व्यवसायी पारसमणी गेलाल राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट उम्मेदवार बन्ने भएका छन् ।

उदयपुरमै जन्मिएर हुर्किएका युवा व्यवसायी गेलाललाई  रास्वपाले उदयपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार वनाउने भएको हो

हरिप्रसाद गेलालका नाती तथा दुर्गाप्रसाद गेलालका जेठा छोरा पारसमणी गेलाल पछिल्लो समयमा व्यवसायिक क्षेत्रमा आवद्ध रहेका छन् भने व्यवसायका साथै रास्वपामा सक्रिय रहदै आएका छन।

रास्वपाका उद्योग विभाग सचिव समेत रहेका युवा व्यवसायी गेलालले उदयपुरको थानपोखरी माविमा  अध्ययन समेत गरेका थिए ।

व्यवसायिक सफलतासंगै गेलाल पछिल्लो समयमा रास्वपाबाट सक्रिय राजनीति गर्दै आएका छन । युवा व्यवसायी गेलालको उम्मेवारीले सो निर्वाचन क्षेत्रमा चर्चा बढाएको छ ।

४० वर्षमुनी युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्न लागेका गेलालले भष्ट्चार अन्त्यका साथै सुशासनका लागि आफनो उम्मेदवारी हुने वताएका छन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार