काठमाडौं : अब मधेसका जनताले अधिकार माग्न काठमाडौं जान नपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै बालेनले काठमाडौं घुम्न, पशुपतिनाथ र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताएका हुन् ।
बालेनले भने अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ । यस्तै बालेनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समयमा सही सरकार आउने दाबी गरे ।‘मधेसको छोरो अब प्रधानमन्त्री बन्छ । सबैले घण्टीमा भोट हाल्नुपर्छ । सही समय र सही सरकार आउँछ’बालेनले भने ।
मधेसका उखु किसान माइतीघरमा जाँदा आफू मेयर मात्र भएको कारण केही गर्न नसकेको बताउँदै अब केन्द्रीय राजनीतिमार्फत किसानहरुको माग सम्बोधन गर्न प्रतिबद्धता जनाउछु ए । बालेनले भने ।
प्रतिक्रिया