काठमाडौं । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।
अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल टे«डर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १० हजार र शीतल खाद्यान्न स्टोर ललितपुरलाई रु पाँच हजार जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारबाही स्वरूप जरिवाना गराइएको विभागले जनाएको छ । त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुगमन गर्दै आएको छ ।
प्रतिक्रिया