सशस्त्र प्रहरीको टोलीद्वारा लाखौंको स्याउ बरामद

मंगलबार, १९ बैशाख २०८०
इटहरी । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, घेराबारी झापाको टोलीले लाखौं मूल्यको स्याउ बरामद गरेको छ । सप्रनाउ सुमन शर्माको कमाण्डमा खटिएको टोलीले झापाको कचनकवल ४ लोदाबारी चोकमा जाँच गर्ने क्रममा मे१ज २८०४ नम्बर पिकअपमा ११५ कार्टुन चिनियाँ फुजी स्याउ पाइएको थियो । प्रहरीले गाडी र स्याउ राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । यस्तै कचनकवल ४ स्थित एक गोदाममा जाँच ४५६ कार्टुन स्याउ स्टोर गरी राखेको अवस्थामा बरामद गरेको जनाइएको छ । बरामद गरिएको स्याउको मूल्य करिब ११ लाख रुपैयाँ हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार