राठीकोलका ३५ वर्ष, जसले तोडिदियो विदेशी निर्भरता

आइतबार, २५ माघ २०८२

विराटनगर : ३५ वर्षअघिको एउटा सपना, आज नेपाली फर्निचर तथा निर्माण उद्योगको मेरुदण्ड बनेको छ । राठीकोल, नेपालकै अग्रणी एडेसिभ (टाँस्ने पदार्थ) ब्रान्ड, आज देशका हरेक कुना–काप्चामा आफ्नो उपस्थिति जमाउन सफल भएको छ ।

चाहे कसैले आफ्नो घर सजाउँदै होस्, फर्निचर निर्माण गर्दै होस् वा ग्यारेजमा गाडी मर्मत गर्दै, उपभोक्ताको पहिलो रोजाइ बन्न पुगेको उद्योगको दाबी छ । तर यसको सुरुवात भने अत्यन्तै साधारण थियो । जमिनमै उभिएको, साना सपना बोकेको एउटा यात्राबाट यो प्रारम्भ भयो ।

यही यात्राले आज यसलाई नेपाली निर्माण र फर्निचर उद्योगको विश्वासिलो ‘ब्रान्ड’ बनाएको छ । ऊ बेला नेपाली बजारमा विदेशी ‘ब्रान्ड’हरूको एकछत्र राज थियो । उत्पादनहरूको मूल्य अत्यधिक, सेवा कमजोर र गुणस्तर नेपाली हावापानीका लागि उपयुक्त थिएन ।

यिनै समस्याहरूलाई नजिकबाट अनुभव गर्दै विराटनगरका अगुवा उद्यमी अरुणकुमार राठीले एउटा महत्त्वपूर्ण निर्णय लिए, ‘नेपालमै नेपालीका लागि उपयुक्त समाधान खोज्ने ।’ संस्थापक अरुणकुमार राठी भन्छन्, ‘राठीकोलका सबै उत्पादन हाम्रो अनुसन्धान तथा विकास विभागको निष्ठा र निरन्तर प्रयासको प्रतिफल हुन् ।’

दक्ष जनशक्तिसहितको टोलीले नेपालको विविध हावापानी, उपभोक्ताको वास्तविक आवश्यकता र आधुनिक प्रविधिको सन्तुलित प्रयोगलाई केन्द्रमा राख्दै प्रत्येक उत्पादनलाई उत्कृष्टता प्रदान गर्दै आएको उनको भनाइ छ ।

यही प्रतिबद्धता र गुणस्तरप्रतिको अटल विश्वासका कारण आज राठीकोलका एडेसिभहरूले जाडो, गर्मी वा वर्षा जुनसुकै मौसममा पनि उत्तिकै प्रभावकारी रूपमा काम गरिरहेको राठीले जनाए ।

नेपालमै अत्याधुनिक एडेसिभ प्रयोगशाला स्थापना गर्दै यसले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने आफ्नो वाचा पूरा गरिरहेको छ । एडेसिभ उद्योगमा गुणस्तर र स्थायित्व नै उपभोक्ताको विश्वासको मूल आधार रहेको राठीको भनाइ छ ।

यही विश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्दै, आफ्ना उत्पादनहरूमा निरन्तर सुधार र अद्यावधिक गर्दै आएको संस्थापक राठी बताउँछन् । यो नेपाली बजारमा मात्रै खपत हुन्न, भारतसमेत निर्यात हुन्छ । ‘विदेशी एडेसिभलाई प्रतिस्थापन गर्ने हाम्रो उद्देश्य हो,’ राठी भन्छन्, ‘केही हदसम्म भारत र चीनको आयातलाई हामीले कम गरेका छौं ।’

चाहे निर्माण क्षेत्र होस्, फर्निचर निर्माण, घरेलु मर्मत वा ठूला औद्योगिक परियोजना, राठीकोलका उत्पादनले सधैं उत्कृष्ट प्रदर्शन सुनिश्चित गरिरहेका छन् । राठी थप्छन्, ‘नेपाली उपभोक्ताका लागि भरपर्दो, टिकाउ र विश्वसनीय एडेसिभ समाधान प्रदान गर्नु हाम्रो उद्देश्य सधैं एउटै छ ।’

सानातिना स्टार्टअपदेखि लिएर ठूला उद्योगसम्म राठीकोल रोजिने प्रमुख कारण हो, गुणस्तर र मूल्यको सही सन्तुलन । उचित मूल्यमा उच्च गुणस्तरका एडेसिभ उपलब्ध गराउँदा उपभोक्ताहरू बारम्बार आकर्षित भइरहेको राठीको भनाइ छ ।

व्यवसायका लागि लागत घटाउनु महत्त्वपूर्ण हुन्छ, तर गुणस्तरमा सम्झौता गर्न नसकिने राठीले जनाए । यसले यी दुवै आवश्यकतालाई सन्तुलित गर्दै,सबै प्रकारका उद्योग र उपभोक्ताहरूका लागि भरपर्दो र टिकाउ समाधानहरू प्रदान गर्दै आएको उनको दाबी छ ।

राठी एडेसिभ प्रालिको सफलता पछाडि सबैभन्दा ठूलो आधार हो, दक्ष, अनुभवी र समर्पित मानव संसाधन टोली । उद्योगमा सयौं नेपाली श्रमिक आबद्ध छन् । नयाँ उत्पादन विकास र गुणस्तर सुनिश्चितताका लागि उनीहरू दिनरात अनुसन्धान र परीक्षणमा व्यस्त रहन्छन् । यहाँको टोलीले बजारको आवश्यकता बुझेर नवीनतम प्रविधि र समाधानहरू विकास गर्ने राठीले जनाए ।

बजारको माग र आपूर्ति शृंखलामा सन्तुलन राख्दै, ग्राहकको आवश्यकताअनुसार सेवा पुर्‍याउने जिम्मेवारी राठीकोलले निर्वाह गर्ने उनको भनाइ छ । कम्पनीले आन्तरिक व्यवस्थापनलाई दक्षतापूर्वक सञ्चालन गर्दै, ग्राहकको अनुभवलाई सहज र प्रभावकारी बनाउने जिम्मा लिने उनले बताए । प्रत्येक उत्पादनले तोकिएको गुणस्तर मापदण्ड पूरा गरिरहेको छ कि छैन भन्ने कुराको निरन्तर अनुगमन गर्दै आएको पनि उनले जनाए । राठी एडेसिभको पहिलो र सबैभन्दा सफल उत्पादन ‘राठीकोल’ हो । ३५ वर्षदेखि देशभरका हजारौं प्रयोगकर्ताले यसलाई विश्वासका साथ प्रयोग गर्दै आएको राठीले बताए ।

सस्तो, भरपर्दो, सजिलो प्रयोग र उत्कृष्ट गुणस्तर–मूल्य सन्तुलनका कारण ‘राठीकोल’ नेपालका फर्निचर तथा उडवर्क उद्योगको अभिन्न हिस्सा बनेको छ । यसको ८–९ घण्टामै सुक्ने क्षमता, प्रयोगको सजिलोपन र स्थायी टाँस्ने शक्तिले बजारमा यसलाई पहिलो रोजाइको उत्पादन बनाउने राठीको भनाइ छ ।

‘राठीकोल’ मात्र होइन, कम्पनीले एक्वाम्याक्स, हिटम्याक्स, एन्टि–बबल, सुपर फिक्स, पियु फोम, विभिन्न प्रकारका टेप र अन्य औद्योगिक एडेसिभ उत्पादन गर्दै आएको छ । राठीका उत्पादनहरू हिमालको कठोर चिसो होस् वा तराईको चर्को घाम, जस्तोसुकै मौसमी परिस्थितिमा पनि टिकाउ र प्रभावकारी हुने गरेको राठीले जनाए । ‘चाहे इन्टेरियर फर्निचर होस् वा औद्योगिक मेसिनरी, हामीले सबैमा उत्कृष्टता दिइरहेका छौं,’ उनले भने ।

उद्योगमा निरन्तर नवप्रवर्तन अपरिहार्य हुन्छ र राठीकोलले यसलाई आफ्नो संस्कारको हिस्सा बनाएको छ । समयसापेक्ष रूपमा उत्पादनमा सुधार गर्दै, नयाँ प्रविधि र समाधान बजारमा ल्याइरहेको छ ।क्वाम्याक्सजस्तो पानी–प्रतिरोधी एडेसिभदेखि हिटम्याक्स जस्तो उच्च तापमान–सहनशील उत्पादनसम्म, कम्पनीले सधैं अत्याधुनिक प्रविधि र गुणस्तरमा ध्यान केन्द्रित गरेको राठीले बताए ।

राठीकोल मात्र एउटा एडेसिभ ‘ब्रान्ड’ होइन, यो नेपालको आत्मनिर्भरता र गुणस्तरको प्रतीक रहेको उनको दाबी छ । यसको लोकप्रिय ट्यागलाइन ‘टाँस्छ मज्जाले टाँस्छ’ आज नेपाली उपभोक्ताको मानसपटलमा गहिरो रूपमा बसेको उनले जनाए । ‘यो एउटा नारा मात्र होइन, बरु उपभोक्तासँग गाँसिएको विश्वासको प्रतीक हो,’ उनले भने । आज राठीकोल केवल नाम मात्र नभई, जोड्ने शक्ति—विश्वास, एकता र टिमवर्कको पर्यायवाची बनेको छ । बजारमा अग्रणी बन्नु आँकडाको मात्र कुरा होइन, यो ग्राहकको अनुभव, सेवा र गुणस्तरप्रतिको दृढ प्रतिबद्धताको परिणाम रहेको राठीको भनाइ छ ।

‘राठीकोलले आफ्नो उत्पादनमा मात्र ध्यान केन्द्रित गरेको छैन, उपभोक्ता र ग्राहकहरूको सन्तुष्टिलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । नवप्रवर्तनमार्फत उच्चस्तरीय सेवा सुनिश्चित गर्दै, यसले ग्राहकको अनुभवलाई अझ मूल्यवान बनाउन निरन्तर प्रयास गरिरहेको छ,’ उनले भने, ‘यही यात्राको एक हिस्सा हो, ग्राहक निष्ठा कार्यक्रम । यसअन्तर्गत, उपभोक्ताले संकलित अंकलाई नगदमा परिणत गर्न वा आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यस सुविधाले ग्राहकको जीवनमा थप मूल्य थप्नुका साथै, राठीकोलप्रतिको आकर्षणलाई अझ मजबुत बनाएको छ ।’

कम्पनीले उपभोक्ताका आवश्यकता बुझ्दै, उनीहरूको विश्वासलाई बलियो बनाउने उपायहरू निरन्तर अपनाउँदै आएको राठीले जनाए । ‘यसै कारण, राठीकोल आज केवल एक एडेसिभ ब्रान्ड नभई, ग्राहकसँग गहिरो सम्बन्ध गाँस्ने विश्वसनीय साझेदारका रूपमा स्थापित भएको छ,’ उनले भने ।

राठीकोलले आफ्नो धरोहर मात्र जोगाएको छैन, यसलाई नयाँ उचाइमा पुर्‍याएको छ । आज यो ‘ब्रान्ड’ नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको छ । ‘राठी एडेसिभ प्रालिको दृष्टिकोण स्पष्ट छ, नेपाली बजारका लागि स्वदेशी, वातावरणमैत्री, भरोसायोग्य र सुलभ एडेसिभ समाधान उपलब्ध गराउने,’ राठीले भने ।

राठीकोलको जन्म एउटा सपनाबाट भएको हो, नेपालीलाई विदेशी विकल्पमा निर्भर हुन नपरोस् भन्ने । ३५ वर्षअघिको विनम्र सुरुवात, आज लाखौं नेपालीको विश्वास र रोजाइमा परिणत भएको राठीको दाबी छ । ‘राठीकोल अब एउटा एडेसिभ ब्रान्डमा मात्रै सीमित रहेन, यो नेपाली निर्माण, नेपाली गर्व र नेपाली आत्मनिर्भरताको प्रतीक बन्यो,’ उनले भने ।

(कान्तिपुर दैनिकबाट )

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार