मिटरब्याजीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

मंगलबार, १९ बैशाख २०८०
काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न त्यससँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज मंगलबारै पठाउने निर्णय भएको जानकारी दिइन् । मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार