सुनको मूल्य फेरि उच्च विन्दुमा

विहीबार, २१ बैशाख २०८०
काठमाडौँ । सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँसम्म कारोबार भएको सुन त्यसयता केही घटेको थियो । दुई दिनमै सुनको मूल्य प्रतितोला ३ हजार बढेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको थियो । विश्वमा आर्थिक शिथिलता देखिने संकेतपछि सुनको माग बढ्दा मूल्य बढेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला १४४५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघमा १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार