सुनसरी : सुनसरीमा मतगणना आजबाट हुने भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मतगणना आजबाट हुने भएको हो । सबै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना केन्द्रमा प्राप्त भइसकेको उनले बताए ।
राति अबेरमात्र मतपेटिका मतगणनामा प्राप्त भएपछि आज (सोमबार) राजनीतिक दलहरूसँग सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया